काठमाडौँ २४ बैशाख । आज वैशाख शुक्ल तृतीया। आजको दिन दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइन्छ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । आज करिब एक दशकपछिकै शुभ र अदभूत संयोग बनेको छ । यसअघि सन् २००३ मा पनि यस्तै अदभूत संयोग बनेको थियो ।

वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।

अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्व भनेर पनि चिनिन्छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय