एजेन्सी २३ वैशाख । उत्तरी अस्ट्रेलियाको राजमार्गमा एउटा तीनआँखे सर्प भेटिएको छ । जुन सामाजिक सञ्जालमा निकै भाईरल पनि भएको छ ।
नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई सबैले अद्भुतू भनेका छन् ।
मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको छ ।
विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्।