काठमाडौँ २० वैशाख
बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही समयमा उडिसाको तटवर्ती क्षेत्रमा आउने भएको छ। तुफानको असरले अहिले त्यहाँ वर्षा भइरहेको छ। तटीय क्षेत्रबाट करिब १० लाख मानिसलाई सुरक्षित स्थानतिर सारिएको छ। तर, झन्डै १ लाख मानिसले भने आफ्नो घर छोडेर जान नमानेको बिबिसीले उल्लेख गरेको छ।
फानीले नेपालमा पनि प्रभाव पार्न सक्ने
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।
उनले भनिन्, ूशुक्रवार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ। यस सँगै सर्वसाधरणलाई सचेत रहन आग्रह पनि गरिएको छ ।