सम्झना पौडेल

आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । लोकतन्त्रको सुन्दर पक्ष भन्नु नै पुर्ण प्रेस स्वतन्त्रता पनि हो । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको हो । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।

समाचारका लागि आफ्नो जीवनसमेतको पर्वाह नगरी अहोरात्र खट्ने पत्रकार जसले अनेक प्रकारका दमनको सामना गर्नुपरेको छ । कयौं बाधा ब्यवधानहरु झेल्नु परेको हुन्छ । तर स्वतन्त्रताको अर्थ छाडा हुनु होइन । हामिहरुले पनि स्वतन्त्रताको नाममा अरुलाई असर गर्ने , मान मर्दनमा हानि पुग्ने खालका कुनैपनि समाचार प्रकाशन तथा प्रशारण गर्नु हुदैन । यदि गरिहालेको खण्डमा भुल सुधार वा माफि माग्न सकिन्छ ।

पत्रकारहरू राज्य र गैरराज्य पक्ष दुवैतर्फबाट अनेक प्रकारका दमनका शिकार हुने क्रम संसारभर रोकिएको छैन । हरेक वर्ष सयौँ पत्रकार कार्यक्षेत्रमा मारिँदै आएका छन् । घाइते हुने र अनेक शारीरिक यातना पाउने त हजारौँ हुन्छन् । जेल र हिरासतमा बस्नुपर्ने नियति पनि उस्तै छ धम्की, डर र त्रासबाट सताइनेको सङ्ख्या त अनगिन्ती छ । मे ३ उनीहरूको सहास, जाँगर र योगदानको सम्मान व्यक्त गर्ने दिन हो । उनीहरूका दुःखकष्ट सम्झने दिन हो ।

नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि व्यवहारमा त्यो देखिएको छैन ।

अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भए पनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ । अन्त्यमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण कलमजीविहरूमा शुभकामना । (राससको सहयोगमा तयार पारिएको)

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय