परेवा खबर संवाददाता
वैशाख १६,काठमाडौँ ।

एडभेन्चर एण्ड इभेन्ट्स नेपालको आयोजना तथा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल TGAN को सहयोमा यही वैशाख २१ गते शनिबार ओपन वाल क्लाइम्बिङ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता धुमबाराही स्थित पासाङ लाहम्मु स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा हुने जनाईएको छ ।
उक्त प्रतियोगितमा सहभागी हुनका निम्ती एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । भने १५ देखी ३० वर्षसम्म उमेर समुह भित्रका इच्छुक व्यक्ति सहभागी हुन सक्ने उल्लेख छ ।

वाल क्लाइम्बिंग प्रतियोगिता एक नयाँ सम्भावना बोकेको कार्यक्रम भएको र यसले पर्यटन प्रर्वधनमा महत्वपुर्ण योग्दान दिन सक्ने कार्यक्रम संयोजक अरुण उपाध्यायले जानकारी गराउनु भयो ।

अन्य विस्तृत जानकारीका लागि हेर्न सक्नु हुने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय