कुशल अधिकारी
उ पिएर आइछे,

फाटेको मझेत्रो सिएर आइछे,

आफ्नो त भाग्य पनि फुटेक रैछ दुइचार वटा बच्चा साथमा लिएर आइछे ।

उ पागल भएर आइछे,

नदि र खोला तरेर आइछे,

आफ्नो त भाग्य पनि फुटेक रैछ दुइचार वटा बच्चा साथमा लिएर आइछे ,

रहरले हैन पति को कुटाइ सहन नसकेर आइछे।

उ गुहार माग्दै आइछे,

गरिबिको मुहार पार्दै आइछे,

आफ्नो त भाग्य पनि फुटेको रैछ दुइचार वटा बच्चा साथमा लिएर आइछे,

मेरै लागि आज फेरि हार्दै हार्दै आइछे ।

म हराको थिए उस्को लागि,

मलाइ मेरै निम्ति खोज्दै आइछे,

आफ्नो त भाग्य पनि कस्तो रैछ दुइचार वटा बच्चा साथमा लिएर आइछे,

फेरि मलाइ पाउछु भनी नाङो आङ हरेक तिरले घोच्दै घोच्दै आइछे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय