परेवाखबर संवाददाता वैशाख १२,काठमाडौँ ।
२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पमा परी दिंवगत हुनु भएका नेपाल मगर संघ पाल्पा काठमाडौँ सम्पर्क समितीका पूर्व कोषाध्यक्ष दिल बहादुर सिंजाली मगरको स्मृतिमा काठमाडौँको बसपार्कमा दिप प्रज्वलन गरिएको छ ।

 

दिंवगत दिल बहादुर सिंजालीको दिप प्रज्वलन कार्यक्रममा सरिक हुँदै प्रमुख अतिथी नेपाल मगर संघ समन्वय केन्द्रिय सदस्य इन्द्र बहादुर झेंडी मगरले वैशाख १२ को विनासकारी भुकम्पका कारण होनाहार व्यक्तिलाई गुमाउन पर्दा दुख लागेको बताउनु भयो । साथै उहाँले त्यो क्षणलाई इतिहासमा कहिलै पनि भुल्न नसकिने बताउनु भयो ।

नेपाल मगर संघ पाल्पा काठमाडौँ सम्पर्क समितीका अध्यक्ष थान बहादुर मगरको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रमको सञ्चालन सचिव गोपाल रानाले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय