होम राई मगर ।
अर्चले पाल्पा

काठमाडौँ १२ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ६,अर्चले,मा पहिलो पटक बस पुगेको छ । गाउँमा बस पुगे पछि स्थानिय हर्षित भएका छन् ।

पश्चिमाञ्चल बस व्यवसायीद्वारा संचालित बस चालक लु १ ख ४६९७ नम्बरको बस लिएर अर्चले वडा कार्यालय सम्म पुगेका थिए पूर्वखोला गाउँपालिका वडा नम्बर १,सिलुवा हटिया बजार बाट ११ किलोमिटर दक्षिणी भेक रहेको अर्चलेमा यस अघि दैनिक एउटा जीप सदरमुकामबाट दिउँसो १ बजे र अर्चले बाट सदरमुकामका लागि बिहान ८ बजे छुट्ने गर्दथ्यो ।

बसलाई स्वागत गर्न पुलबजार,डियाङ्बारी,चिदिया,अर्चले बजार लगायतका विभिन्न ठाउँमा फूलमाला र अबिर लिएर स्थानीय बासिन्दाहरु बसेका थिए । बाटो साघुरो र अप्ठ्यारो रहेकोले हाललाई परिक्षणको रूपमा अर्चले सम्म पुर्याएको र केही दिनमै बाटो सुधार गरि नियमित बस सन्चालन गरिने वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय