काठमाडौँ११ बैशाख । शिवांग दत्त एक मेहनती र सफल युवा हुन । १८ वर्षको उमेरमै आफ्नो छुट्टै पहिचान बनाउन सफल दत्तको जन्म पूर्वी तराईको जनकपुरमा भएको हो ।

, आफ्नो अध्ययनसँगै बाहिरी क्रियाकलापमा पनि दक्त सधै अग्र स्थान मा रहिरहे। एसर्ईई परिक्षामा A+ल्याएर पास भएका दत्त ले कक्षा ११ र १२ मा पनि बिज्ञान संकायमा A+ ल्याएर कलेज टप गरेका थिए।

नेपाल मा मोटिभेसनल स्पिकिंग को क्षेत्र मा युबा मोटिभेसनल स्पिकर का रुपमा समेत दत्तले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् ।

उनले नेपाल भरी करिब ३ दर्जन भन्दा कार्यक्रम मा मोटिभेसनल स्पिकरका रुपमा प्रस्तुत भईसकेका छन् ।

सामाजिक क्षेत्र मा पनि अग्रशील रहेका दत्तले आफ्नो एउटा प्रोजेक्ट”STOP VIOLENCE ; A CHANGE FOR A CHANGE” को माध्यमबाट महिला तथा बालबालिका हिंसा र दुर्बब्यभार को बिरुद्धमा बिभिन्न स्कुल तथा कलेजमा पुगी विद्यार्थीहरुलाई जनचेतना दिने काम समेत गरिरहेका छन्।

उनका २ दर्जन भन्दा बढी लेखहरु बिभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भैसकेको छ। यति सानो उमेरमा नै धेरै क्षेत्रमा पाइला अगाडी सारेका र नाम कमाएका दत्त Pathshala Education Network नाम गरेको शैक्षिक संस्थाका ब्राण्ड एम्बेसेडर (Brand Ambassador) तथा Beyond Boundaries   नाम गरेको शैक्षिक संस्थाका सल्लाहाकार समेत हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय