काठमाडौँ ११ वैशाख । मधेसी आयोगमा अध्यक्षको नियुक्ति सँगै कामले तिब्रता पाएको छ । । आयोगका अध्यक्ष डा। विजय कुमार दतले पदभार ग्रहण गरेको २० दिनमै आयोगले देखिने गरी महत्वपुर्ण कार्यहरु सम्पन्न गरेको छ ।

पदभार ग्रहण गरेको २० दिन मा डा। दतको नेतृत्वमा आयोग पूर्ण प्रबिधि मैत्री बनाइन लागेको आयोगले जनाएको छ ।

आयोगले वेबसाइट निर्माण, टोलफ्री नम्बर, डिजिटल सिटिजन चार्टर, उजुरी सिस्टमको निर्माणको काम सकिसकेको र

यसबीचमा १२ वटै संबैधानिक निकायसँग समन्वय तथा वुद्धिजिवीहरु,प्राध्यापकहरु,नागरिक अगुवाहरु,महिला नेतृत्वकर्मीहरु, सांसदहरु,युवाहरु,हिमाल,पहाड र मधेश९मैथिली,भोजपुरी,अवधी सहितका संस्कृतिविदहरु०,जातिय संघ(संगठनहरसहित १५० जना महानुभावहरुसंग विचार विमर्श सम्पन्न गरेको छ ।

साथै आयोगले सूचना अधिकारी र प्रवक्ता पनि तोकेको छ ।

आयोगले बारा र पर्सामा भएको भिषण आंधीको स्थलगत अनुगमन गरि सम्वन्धित निकायमा पठाएको र विशेषज्ञहरुलाई आवश्यकतानुसार कार्यको जिम्मेवारी सुम्पिएको
जनाएको छ ।

कर्मचारी समायोजनको समस्याले कर्मचारीको अत्यधिक अभाव र सरुवाको समस्या भएता पनि उपलव्ध जनशक्तिले आयोगको आन्तरिक र वाह्य कार्य व्यवस्थापन गर्न सफल भएको छ ।

साथै आयोगका टोली वैसाखको तेस्रो साता देखि प्रदेश १,२ र ५ मा जाने कार्यक्रम रहेको छ । भने अयोगले पदाधिकारी नियुक्तिसँगै छोटो समयमा महत्वपुर्ण कार्य गर्न सफल भएकोमा चौतर्फी प्रशंसा पनि भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय