नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको लिड रोल रहेको बलिउड फिल्म ‘कडके कमाल के’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

कमेडीले भरिएको सो चलचित्रको ट्रेलर भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । फिल्ममा भारतीय र नेपाली कलाकारहरुको अभिनय रहेको छ ।

यसमा बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यनको मामाको भूमिका निभाएका छन् । ट्रेलरमा अभिनेता आर्यनलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा देख्न सकिन्छ । अभिनेत्री नीताले भने ट्रेलरमा पर्याप्त ’स्क्रिन स्पेश’ पाएकी छैनन् । न त उनलाई कुनै संवाद नै दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय