डिल्लीराज पंगेनी
पूर्वखोला,पाल्पा

काठमाडौँ ५ वैशाख। पाल्पाको पुर्वखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा छलाङ नै मारेको छ । बिद्यार्थी भर्नाका बेला अभिभावक नीजिमा पठाउने कि सामुदायिकमा भन्नेमा दोधारमा पर्थे । तर अहिले पुर्वखोला भित्रका ५ नीजि बिद्यालय पनि सामुदायिकमै गाविएका छन् ।

एकातिर शिक्षा महंगो र अर्को तिर सामुदायिकमा भर्ना दर कम भइरहेको अवस्थामा प्रदेश र संघीय सरकारसितको समय समन्वयमा शैक्षिक एकरुपता र गुणस्तरीयताको बृद्धिका लागि सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यम पठनपाठन संचालन आरम्भ गरिएको छ । यसअघि यहाँ ३७ सामुदायिक र ५ नीजि रहेकोमा अव ५ नीजि पनि सामुदायिकमै गाभिएर जम्मा विद्यालय संख्या ३७ भएको छ । गाउँपालिका र सरोकारवालाहरुको समन्वयमा सबै नीजि विद्यालय सामुदायिकमा समायोजन भएका हुन् । यसले यहाँको शैक्षिक क्षेत्रमा एउटा राम्रो उपलब्धि पनि देखिएको छ ।

पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले शैक्षीक गूणस्तर बृद्धि र गाउपालिका भरी शिक्षालाई एकरुपता वनाउन गाउपालिकाले कार्यबिधि अगाडि सारेको बताए । छिमेकमा रहेका सामुदायिक बिद्यालयहरुमा छिमेकी नीजि बिद्यालयहरु समायोजन भएका छन् । त्यसै अन्र्तगत बिद्यार्थीहरु पनि भर्ना भएका छन् ।

पुर्वखोलाको यो कार्य देशमै नमुना हो । यसले शैक्षिक एकरुपता ल्याउनका लागि मद्धत गर्ने उद्बुद्ध माविका प्रअ लोकहरि देवकोटाले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय