काठमाडौँ ५ वैशाख । हार्थोक खस्यौलीमा रहेको रिब्दीकोट गाउँपालिकाको भवनमा बम बिस्फोट भएको छ । बिहिबार बिहान २ बजेको समयमा ठूलो आवाजमा बम बिष्फोटको आवाज आएको स्थानीयले बताए ।
बिष्फोटबाट भवनको पहिलो तलाको एउटा कोठामा रहेको कम्प्युटर, फोटो कपि मेसिनमा क्षति पुगेको छ । त्यस्तै भवन छेउको सेवाग्राही बिश्रामस्थलको ट्रष्ट, किसानका लागि बाड्न राखिएको घासको बिउमा समेत क्षति पुगेको छ । भने झ्यालको सिसा फुटेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।
बिष्फोट कसले गरायो भन्नेबारे यो समाचार तयार पार्दासम्म पुष्टि भएको छैन ।
यद्यपी बिप्लव नेतृत्वको नेकपाले बिहीवार नेपाल बन्द आह्वान गरेको छ । बन्द आह्वानको क्रममा सोही समूहबाट बिष्फोट भएको हुन सक्ने आंशका गरिएपनि सो पार्टीले भने आधिकारिक जिम्मेवारी लिएको छैन ।