वैशाख ३ काठमाडौँ । – आयुर्वेदिक औषधि त्रिफला बनाउन प्रयोगमा ल्याइने वनस्पतिमध्ये एक हो बर्रो । बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने बर्रो पतझर बिरुवामध्येमा पर्छ । अब जानौँ, यसमा पाइने
औषधीय गुण : बर्रो कब्जियत रोगीका लागि एकदमै उपयोगी हुन्छ । दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ । बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ । बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।
बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ ।चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ । त्यस्तै, आँखाको रातोपन, आँखा सुन्निएको र आँखा पोल्ने समस्या पनि ठीक हुन्छ ।बर्रोको तेलले कपाललाई फाइदा पु¥याउँछ । नयाँ पत्रिकामा खबर छ । त्यसैगरी, कानसम्बन्धी समस्याका लागि पनि यो उपयोगी छ ।