आफ्नो मृत्यु रोजेर अरुको ज्यान जोगाउने को पाइलट सन्तोष राना इतिहासकै दुर्लभ पात्र हुन : महासचिव पौडेल

परेवा खबर संवाददाता
काठमाडौँ २८ चैत्र ।

२०७२ सालमा कालिकोटमा एयर काष्ठमण्डपको विमान दुर्घटनामा परी मृत्यु भएका को पाइलट सन्तोष रानाले रचना गरेका गीति एल्बम सिर्जना र सम्झना लोकार्पण गरिएको छ । उक्त गीति एल्बम लोकार्पण गर्नु हुँदै प्रमुख अतिथी नेकपा महासचिव विष्णु पौडेलले छोटो जीवन यात्रामा समाजमा, राष्ट्रमा, आफ्नो व्यवसायिक क्षेत्रमा छोडेर गएको प्रभाव र छाप कहिलै पनि विर्सन नसक्ने बताउनु भयो ।


उहाँले यात्राको क्रममा आफ्नो वा आफुसँगै यात्रामा रहेका अन्य व्यक्तिको मृत्यु रोज्ने दुई मध्ये एक रोज्नु पर्ने वाध्यकारी अवस्था आयो भने मानिसहरुले आफ्नो मृत्यु रोजेर अरुको जीवन जोगाउने त्यस तर्फ निर्णय गर्छन, त्यस्ता दुर्लभ पात्र मध्ये को पाईलट सन्तोष राना रहेको बताउनु भयो । आकासमा यात्रारत यात्रुहरुको जीवन रक्षाको निम्ती आफ्नो मृत्यु सहज र सहर्ष ढंगले स्वीकार गर्ने र छोटो जीवन यात्रामा लामो र गहिरो अमिट छाप छोडेर गएका रानालाई नेपाली जनताले शताब्दिऔँ शताब्दी स्मरण गरिरहने भावुक मुद्रामा प्रकट गर्नु भयो ।


त्यस्तै गरी सन्तोष रानाका पिता एव पूर्व भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य दल बहादुर रानाले आफ्नो परिवारले निकै सुखद र दुखद क्षण भोगेको बताउनु भयो । उहाँले छोरा सन्तोषलाई पाइलट कोर्स गराउने बेलामा निकै दुखको सामना गरेको र पाईलट बनिसके पछि पनि जागीर खुवाउन निकै सघर्ष गर्नु परेको तीति यथार्थ आफु सँग रहेको बताउनु भयो ।


उहाँले नेपालको इतिहासमा पाईलट पर्ने र यात्रु बाँच्ने घटना पहिलो भएको भन्दै सरकारले पनि सम्मान गरेको र सन्तोषको नाममा पाल्पाका दुर्गम विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको कुरा खुलाउनु भयो ।
छोरा सन्तोषको पाइलट पेशा भएपनि संगीत र फुटबल खेलमा अत्यन्त रुची रहेको र उसकै सपनालाई साकार पारिदिएको पिता रानाले बताउनु भयो ।

२०७२ साल फागुन १४ गते नेपालगञ्जबाट जुम्लाको लागि ११ जना यात्रु लिएर उडेको विमान खराबी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखाया गाविसमा दुर्घटना परेको थियो । दुर्घटनामा परी पाइलट दिनेश न्यौपाने र को पाईलटको मृत्यु भएको थियो । भने ९ जना घाईते भएका थिए ।


को पाइलट राना सानै देखि आधुनिक गीत संगितमा रुचि राख्ने व्यक्ति थिए । उनलाई गीत संगितका अतिरिक्त फुटबल खेलमा पनि निकै रुची रहेको थियो । को पाइलट सन्तोषको रुची र इच्छा भएका कारण उसको सपना साकार गरिदिन उसले लेखेका गीत संगित लाई एउटा संगालो बनाएर प्रकाशन गरिदिएको सन्तोषका दाजु प्रकाश रानाले बताउनु भयो । को पाइलट सन्तोष रानाले रचना गरेको गीतसंगितलाई बजारमा ल्याउने व्यवस्था सुरप्रभा गीतसंगीत प्रा.लि ले गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय