चैत्र २६ सप्तरी  ।  दुई दिनपछि सेवा निवृत्त हुन लागेका भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीमा कार्यरत एक कर्मचारीलाई ४० हजार घुससहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमि सुधार शाखामा कार्यरत नायब सुब्बा (नासु) बासुदेव मण्डललाई घुससहित पक्राउ गरेको हो । सेवाग्राहीसँग मोही जग्गा सम्वन्धी विवाद मिलाइदिन्छु भन्दै रकम लिदैगर्दा मण्डललाई आयोगको ईटहरी स्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको छ ।

मण्डलमाथि थप अनुसन्धानकालागि ईटहरी लगिएको छ । राजगढ गाउँपालिका वडा नं. ४ निवासी मण्डल २ दिनपछि ५८ वर्षे सेवा अवधि पुरा गरि सेवा निवृत हुन लागेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय