चैत्र २५ काठमाडौंमा सार्वजनिक सवारी अब बिहान ५ बजेदेखि राति १० बजेसम्म अनिवार्य रुपमा चलाउनै पर्ने भएको छ । काठमाडौ महानगरपालिका बिहानैदेखि राति अबेरसम्म चलाउने तयारी गरेको छ ।

त्यसको लागि महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक ल्याएको छ । विधेयक नगरसभाबाट पारित भएको छ ।आइतबार भएको नगरसभामामा मेयर विद्यासुन्दर शाक्यले विधेयक १५ दिनमा प्रमाणित गरेर कार्यान्वयन गरिने बताउनु भयो ।

विधेयक अनुसार महानगरभित्रका रुटमा कात्तिकदेखि माघमसान्तसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म सेवा सञ्चालन गर्नुपर्नेछ ।अरु महिना बिहान ५ बजेदेखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्नेछ । सार्वजनिक सवारी साधन अहिले मनोमानी रुपमा चल्नै आएका छन् ।
janta samachar

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय