रुपन्देही देबदह २४ चैत्र । अर्याल समाज नेपालको १२ औँ साधारणसभा तथा उदय स्मारिका विमोचन रुपन्देहीको देवदहमा गत शनिबार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्नु हुँदै प्रदेशसभा सदस्य रमा अर्यालले समाजले गरेको कार्य सराहनीय भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

उहाँले संगठन मजबुद भयो भने जस्तो सुकै कार्य पनि सजिलै गर्न सकिने र एक्लै गर्छु भन्नु मुर्खता र कठिन हुने बताउनु भयो । हिजोको दिनमा हाम्रा सन्ततिहरु कहाँ थियौँ कुन अवस्थामा थियौँ, हाम्रा पूर्वजहरु कहाँ बस्छन् भन्ने कुरालाई लेखाजोखा गरेर आज यहाँ सम्म आइपुगेको बताउनु हुँदै प्रमुख अतिथी सासद अर्यालले समाजलाई आवश्यक परेको खण्डमा जुनसुकै सहयोग गर्न आफु तत्पर रहेको बताउनु भयो ।

कुल र मुलसँग जोडिएनौ भने छिन्न भिन्न भइन्छ : धुव्रप्रसाद अर्याल

अर्याल समाज नेपालका केन्द्रिय अध्यक्ष धुर्व प्रसाद अर्यालले कुल र मूल देवतासँग जोडिएनौ भने छिन्न भिन्न भईने बताउनु भएको छ । रुपन्देहीको घोडाहमा आयोजित समाजको १२ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले आफ्नो कुल,धर्मलाई नमान्ने व्यक्तिहरुलाई कुलले पनि नहेर्ने र हरेक क्षेत्रमा समस्या देखिने आफुले देश भ्रमणका क्रममा आफुले देखेको बताउनु भयो ।

उहाँले हामी आधुनिक जीवन विताए पनि आफ्नो कुल÷धर्म प्रति आस्थाको केन्द्र बनाउनु जरुरी भएको र आफुले बस्ने घर बनाए पनि आफ्नो र परिवारको रक्षा गर्ने कुललाई विर्सन नहुने बताउनु भयो । अध्यक्ष अर्यालले धाम निर्माण गर्नका निम्ती आफ्नो तवरबाट सक्दो सहयोग गर्न पनि आग्रह समेत गर्नु भयो ।

अर्याल समाज नेपालको १२ औँ साधारणसभामा भाग लिन पुर्व मेचि देखि पश्चिम महाकालीबाट समाजका अध्यक्ष÷सचिव लगाएतका करिब ५०० जना प्रतिनिधिहरुको उपस्थितिरहेको थियो । सो अवसरमा वंशावली संकलन एवं पुन प्रकाशन तथा भावी गुरुयोजनाका बारेमा अन्र्तक्रिया समेत सम्पन्न भएको छ ।

सोही अवसर पारी रुपन्देहीको घोडाहमा निर्माण हुन लागेको बराहधामको थ्रीडी नक्सा को डिजाइन पनि प्रस्तुत गरिएको थियो ।

उक्त थ्रिडि नक्साको डिजाईन ईन्जिनियर अरुण अर्यालले निशुल्क गरिदिनु भएको हो ।

निकट भविष्यमै बन्न लागेको धामका लागि भारतबाट विभिन्न देवीदेवताका मूर्ति उपहार स्वरुप समाजलाई प्रदान पनि गरिएको छ ।

धुर्वराज अर्यालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव बाबुराम अर्यालले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय