चैत २०, गते
अनिल गुप्ता,
बारा

बाराको पश्चिमी दक्षिणी क्षेत्रमा चैत्र १७ गते करिब बेलुका ७.३० बजेको समयमा गएको बिनासकारी, त्रासदीपूर्ण आँधीहुरीका कारण जनधनको ब्यापक क्षति भएको छ । यस प्रति नेपाली काँग्रेसका पूर्व सचेतक तथा पूर्व मूख्य सचिव डा=शोभाकर पराजुलीले गहिरो सम्वेदना प्रकट गर्दै स्थलगत भ्रमण एवं सम्वादको क्रममा तिन वटै सरकारका बिच समन्वयको अभाव खटिएको बताउनु भयो । त्यस्तै अस्तव्यस्तता र अव्यवस्थित अवस्था रहि रहने हो भने पिडितरु माथि थप पिडा पुग्छ भने धेरै नै चिन्ता लागेको छ भन्दै अत्यन्त भावभिभोर हुनु भएको थियो ।

तिनवटै सरकारसँग अविलम्भ आवश्यक समन्वय कायम गरी उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माँग गर्ने प्रतिवद्धता डा=पराजुलीले जनाउनु भयो । साथै सबैमा मानवीय सहयोगको लागि हार्दिक अपिल समेत गर्नु भयो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय