चैत २०, गते
अनिल गुप्ता,
बारा सम्मवदद्ता,

बारा र पर्सामा चैत १७ गते करिब ७ बजेर ३५ मिनटको समयमा गएको बिनाशकारी हावाहुरी तथाअसिनाबाट ठूलो मात्रामा जनधनको क्षति पु¥याए पछि विभिन्न व्यक्ति,संधसंसथा तथा उधोगद्धाराराहत सामाग्री वितरण भएको छ ।

बाराको फेटा गाउँपालिका भलुही भरवलिया वडा नं. १ मा नेपाल तरुण दल बाराको अध्यक्षलोकेश सिंह, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम साह, नेपाल तरुणदल नेतृ शर्मिलाथापा, प्रेश युनियन बाराका कोषाध्यक्ष अनिल साह, दिपेन्द्र पटेल लगायतका टोलीले ७५घरपरिवारलाई पुग्ने गरी ७५ वटा कम्बल, ७५ वटा प्लाष्टिको पानि राख्ने भाडो, चाउँचाउँ, पानी,ईत्यादी राहत सामाग्री वितरण गरेका थिए ।

त्यस्तै युवा जागरण संस्था काठमाण्डौका चेतन पौडेल, नेपाली काँग्रेसका नेता लालबाबु सिंह,बिजय गुप्ता, कृष्ण बुडदर सिंह, बारा क्षेत्र नं. १ का नेपाली काँग्रेसका चर्चित नेता उपेन्द्र जयसवाल,सिम्रौनगढ नगरपालिकाका प्रमुख बिजय शंकर यादव, नेपाली काँग्रेस बाराको कोषाध्यक्ष चन्द्रशेखरयादव लगायतका टोलीले १५० घरपरिवारलाई आवश्यक पर्ने विभिन्न किसिमका सामग्री, १५० थानत्रिपाल, १५० झुल तथा १५० घरपरिवारलाई पुग्ने खाद्यान्न सामग्रीहरु वितरण गरेका थिए ।


त्यस्तै शिवशक्ति ग्रुप अन्तर्गत शिवशक्ति केमोप्लाष्टका ब्यवस्थापक रतनेश श्रीवास्तव, शुशिलकर्ण, मंजुर आलम लगायतको टोलीले पर्साको चैनपुरमा माझि दलित वर्गका समुदायहरुलाई ५०पैकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल त्यस्तै बाराको पुरैनियमा १५० पैकेट खाद्यान्नसामग्रीहरु चामल, दाल, तोरीको तेल तथा प्लास्ट नेपाल फाउन्डेसन काठमाण्डौले बाराको भलुहीभरवलियामा ५० थान त्रिपाल र पुरैनिय गाछीटोलमा १५० थान त्रिपाल लगायत विभिन्न किसिमकाराहत सामग्रीहरु समेत वितरण गरेका थिए ।

त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस बाराका अध्यक्ष विश्वमणि शर्मा, उपाध्यक्ष शंकर प्रसाद साहलगायतका टोलीले चाउँचाउँ, पानी, बिस्कुट, चिउरा, मिठा गरी करिब ५५ हजारको राहत सामग्रीबाराको तेलगाई, पुरैनिया, भलुही भरवलिया र खुटवा लगायतका गाउँहरुमा राहत सामग्री वितरणगरेका थिए । साथै बाराको खुटवा प्रसौनीमा राहत सामग्री धेरै कम मात्रामा पुगिरहेको ट्रेड युनियनकाँग्रेस बाराका उपाध्यक्ष शंकर प्रसाद साहले जानकारी गराउनु भयो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय