भिम गाहा मगर
काठमाडौँ १८ चैत्र, । आईतवार आएको भिषण आँधी हुरीमा परेर तराईका दुई जिल्ला बारा र पर्सामा ३५ जनाको ज्यान गएको छ ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेशका अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४०० भन्दा बढि मानिस घाईते भएका छन् ।
तर एकातिर भने अप्रिलफूलको नाममा झुठो समाचार सम्प्रेषण गर्न कति पए अनलाईन आतुर देखिएका छन् मध्यरातमा काठमाडौँ उत्रेका डोनाल्ड ट्रम्प सिधै बालुवाटारमा नेपाललाई ७० अरब डलर दिने शिर्षक राखेर भ्रामक र नभएको समाचार सम्प्रेषित गरिएको छ ।

र तल नोट अप्रिल फुल विशेषका लागि यो सामग्री तयार गरिएको छ । मनोरञ्जनका लागि तयार गरिएको यो सामग्रीमा आम पाठकमा कुनै भ्रम नपरोस् । भनेर लेखिएको छ । पत्रकारितामा स्वतन्त्रता छ भन्दैमा मिडियाले भ्रामक समाचार यसै गरी सम्प्रेषण गर्दै जानेहो भने आम सर्वसाधरणले के बुझ्ने जसले मिडियाको समाचार पढेर आफ्नो धारणा बनाउँछन् । त्यसैले राज्यको चौथो अंगका रुपमा रहेको मिडिया सयम हुन जरुरी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय