काठमाण्डौं १२— काठमाण्डौंमा नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा मुक्तककार नेपालहरि रानाभाट सुबोध को पहिलो पुस्तक “समयका स्वरहरु” विमोचन भएको छ ।


कार्यक्रममा उपस्थित साहित्यकारहरुले पहिलो प्रकाशन भए पनि धेरै राम्रो मुक्तक भएको र आगामी सफलताको निम्ती पनि शुभकामना दिएका थिए ।

व्यक्ति जो सुकै किन नहोस उसको रचनाले आफ्नो परिचय दिने गर्छ । शब्दको खेती गर्नेहरु नयाँ नयाँ शब्द र विषयवस्तुको विविधतामा रम्न र रमाउन चाहान्छन् तिनै व्यक्तिहरुका लागि नेपाल रानाभाट सुबोध का “समयका स्वरहरु” ले दिएका छन् । हैसियत पाउनु ठूलो कुरा हो तर त्यसलाई सम्हाल्न सक्नु पनि त्यतिकै महत्वपूर्ण कुरा हो भन्ने आशय उक्त मुक्तकले व्यक्त गरेको छ ।
?ष्mन कचअ.ूजततउस्ररउबचभधबपजबदबच।अयmरधउ(अयलतभलतरगउयिबमकरद्दण्ज्ञढरण्घरक्ष्ःन्)ण्ण्द्दछ(घण्ण्हद्दण्ण्।वउनू बति.ूू धष्मतज.ूघण्ण्ू जभष्नजत.ूद्दण्ण्ू अबिकक.ूबष्निललयलभ कष्शभ(mभमष्गm धउ(ष्mबनभ(ज्ञद्धडटू रश्र
हरेक मान्छेलाई प्रकृतिले केहि न केहि उपहार दिएको हुन्छ भन्ने सत्यतालाई बेलैमा बुझ्न नसक्दा आफ्नो लेखनीलाई यथा समयमा न्याय दिन नसकेको रानाभाटले बताए ।

सानैदेखि नेपालहरि रानाभाटको रुचि भाषा साहित्यमा थियो । रहरै रहरमा मुक्तक मनोवाद दोहोरी गीत र आत्मकथा लेखेर स्कूल कलेज विश्वविद्यालयका नोटकपीलाई रङ्ग्याउथे । तिनै समसामयिक विषयवस्तुमा पंक्तिवद्ध भएका मनका भावहरु नै समयका स्वरहरु बन्न सफल भए । यसै बीच असी ९८०० वर्षको उमेरमा बुवा खेमहरि रानाभाटको देहावसान भयो । एक वर्षसम्म नयाँ कामको थालनी गर्न हुदैन भन्ने पौराणिक बिचारसाँग द्धन्द्ध गर्दै नेपालहरि रानाभाटले बुवाको पुण्यस्मृतिमा नै बुवाको समर्पणमा रानाभाटको आठ ९८० जनाको परिवार सँख्यालाई मुख्य शीर्षक बनाएर प्रतीकात्मकरुपमा असी ९८०० थुँगा मुक्तकको माला उनी चित्रात्मक प्रस्तुति सहितको एउटा सुन्दर मुक्तक सङ्ग्रह निकाल्न अठोट गरेको बताए ।

“समयका स्वरहरु” को मुक्तक राजनीति, नैतिकता, प्रेम सम्बन्ध, समय परिस्थिति, सामाजिक, धन सम्पत्ति, आत्म ज्ञान, जिन्दगी जस्ता विषय बस्तुमा आधरित रहेको छ, उक्त प्रकाशनमा रहेका केहि मुक्तकहरु

दशा लागे पर हैन घरमै खुट्टा मर्किन्छ रे
गोली पनि निशानामा नलागेरै फर्किन्छ रे
हैसियतलाई नबुझेर धेरै फूर्ति गर्नुहुन्न,
दूध धेरै उम्ल्यो भने भाँडा बाहिरै तर्किन्छ रे ।।

जीवन कहिले काँडा बन्छ सधैँ फूलको थुँगो हुँदैन
फक्रने र ओइलाउनेको कहिल्यै यसको टुँगो हुँदैन
अमूल्य छ मानव जीवन यसलाई जिउन जान्नपर्छ,
चाहिँदाखेरि फूलको थुँगा नचाहिदाको ढुँगो हुदैन ।।

विद्वान भन्छन् गणतन्त्र आउन अलि चाँडो भयो
बारमासे नेताहरुको मागीखाने भाँडो भयो
जताततै विसङ्गति विकृतिको पराकाष्टा,
अब सवै भन्न लागे सङ्घीयता घाँडो भयो ।।

नाइनाइ भो भो भन्दा पनि मरिहत्ते गर्छ्यौ किन
आँङैभरि मगमगाउने के के जाति छछर््यौ किन
कडा आछ कानून भन्छन् जेलमा बस्नु छैन मलाई,
रातिराति भ¥याङवाट लुसुलुसु झर्छयौ किन ।।

यहाँ जताततै भेटिन्छन् समयका स्वरहरु
खुल्ला मनले लेखिन्छन् समयका स्वरहरु
मुक्तकिलो यात्राबाट थाक्यो नभन्नु होला,
कहाँ छेकेर छेकिन्छन् समयका स्वरहरु ।।

पुरै मुक्तकका लागि बजारमा “समयका स्वरहरु” नामक मुक्तक स्रष्टाः नेपाल रानाभाट सुबोध खोजेर पाढ्न सक्नुहुनेछ ।।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय