काठमाडौँ ११ चैत्र । उच्च स्तरिय राजनीतिक वार्ताटोलीका संयोजक तथा पुर्व उद्योग मन्त्री समेत भैसक्नु भएका सोम प्रसाद पाण्डे, फेरी उद्योग मन्त्रीको जिम्मेवारी पाउने विषयमा यतिबेला नेकपा पार्टी र मन्त्रालयमा चर्चा रहेको छ । हालका उद्योग मन्त्री मातृका यादव अब मन्त्रीपरिषदबाट बाहिरिने भएका छन् । पाण्डेले यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी समाल्दा महत्वपुर्ण र देखिने कार्य गरेर चर्चा कमाएका थिए

। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्न लागेको बेला वाहिर यस्तो चर्चा आएको स्रोतले बताएको छ ।
चर्चामा आए अनुसार सञ्चार मन्त्रालयको जिम्मा योगेश भट्टराईलाई दिइने भएको छ भने हालका बहालवाला मन्त्री गोकुल बाँस्कोटा पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयमा सरूवा हुँदैछन् । विभागीय मन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि दिवंगत भएपछि यो मन्त्रालयमा मन्त्रीपद रिक्त छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय