चैत्र ४ नेपालगञ्ज । भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् ।

भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् ।

‘फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल)सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’

नेपालगञ्जमा झन्डै आधा दर्जन थोक माछा सप्लार्यस रहेकाे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय