काठमाडौँ२ चैत्र,पुनाराम सुनारी मगर । नेपाल मगर संघ पाल्पा काठमाडौ सम्पर्क समितिको तेस्रो अधिबेशन काठमाडौँमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष इन्द्र झेडी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा ने म स केन्द्रिय समितिका संगठन बिभाग सचीव जगत रेस्मी मगर,रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेस्मी मगरले मगरहरुले आफ्नो पहिचान हराउँदै गएकोमा यसको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।

भने अन्य अतिथिको रुपमा ने म स सम्पर्क समन्वय केन्द्रिय समितिका अध्यक्ष होमराज खपङ्गी मगर, केन्द्रिय सल्लाहकार धनकेशर सुर्यबङ्सि मगर, मगर महिला संघ उपाध्यक्ष हिरु रना मगर, समन्वय २ न प्रदेश उपाध्यक्ष सुन्दर बलम्पाकी मगर, समन्वय महासचिव झबिन्द्र पुन मगर, सन्चार सचिब झलक थापा मगर, सल्लाहकार दिल ब झेडी मगर लगायतका रहनु भएको थियो।

उक्त अधिबेशनले थान ब कुवर मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती र १० स्थानीय तह संयोजक सहित ३१ सदस्यीय कार्यसमिति सर्बसहमतिमा चयन गरेको छ ।

सचिव पुरना थापा मगरले चालन गर्नु भएको कार्यक्रममा,कोषाध्यक्ष गोपाल राना मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य आकास आले मगरले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय