काठमाडौँ २ चैत्र ।देवघाट गाँउपालिका वडा नं.१ र २ स्थित कालिगण्डकीको किनारमा रहेको मनमोहक छरछरे झरनामा प्रथम छरछरे झरना महोत्सव उद्घाटन भएको छ । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सो महोत्सवको उद्घाटन गर्नुभएको हो । भने त्यसै अवसरमा छरछरे झरनाको गुरुयोजना सार्वजनिक पनि गरिएको छ ।
८० मिटर लामो सदावाहार झरनामा साहासिक खेल क्यानोनिङ्ग तथा कालीगण्डकी नदीमा –याफ्टीङ्ग को समेत परिक्षण गरिएको थियोे । सालीग्राम कोरीडोरको स्थलगत अबलोकन गर्दे मन्त्री गुरुङले प्रदेश सरकार पर्यटन विकासमा कटिवद्ध रहेको जानाकारी गराउनु भयो । छरछरे झरनाको गुरुयोजना आइडियल इन्जिनियरिङ्ग सर्भिसेज प्रा.ली. ले तयार गरेको हो ।

छरछरे झरनाको गुरुयोजना

झरनामा साहासिक खेल क्यानोनिङ्गको परिक्षण

कालीगण्डकी नदीमा –याफ्टीङ्ग परिक्षण विज्ञ तथा गाउपालिकाका कर्मचारी

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय