काठमाडौँ । कुरिनटारस्थित मनकामना केवुलकार भोली बिहीबार र पर्सी शुक्रबार दुई दिन बन्द हुने भएको छ । केवुकारको नियमित मर्मतका लागि कम्पनीले सार्वजनिक सूचना जारी गरेरै जानकारी दिएको छ ।केबुलकार बन्द भएपनि थाहा नपाएर टाढाबाट आउने तथा सेवा लिन चाहने ग्राहकका लागि भने यसको रेस्टुरेन्ट व्यापार भने खुलै हुने छ ।
यसले केबुलकार बन्द हुँदा मनकामना दर्शनको निम्ति पुग्ने आम सर्वसाधारण, भक्तजन, तथा श्रदालुका निम्ति पर्न गएको असुविधाप्रति क्षमा माग्दै केबुलकार बन्द गर्ने भएको छ ।
यसको कुरिनटारस्थित केबुलकार बटम स्टेशनमा रहेको रेस्टुरेन्ट र दि मनकामना क्याफे भने खुला हुने जानकारी पनि मनकामना दर्शन प्रालिले दिएको छ । नेपालको पहिलो मनकामना केवुलकार दुई दशकदेखि अनवरत रुपमा सेवा दिइरहेको कम्पनी हो ।