२३ फागुन, कपिलबस्तु । प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ ।

अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ ।

प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

उनको घरमा प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय