काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबारदेखि गर्ने भनिएको तराई-मधेसका चार जिल्लाको भ्रमण रोकिएको छ ।

पूर्वराजा शाहकी आमा रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएर अस्पाल भर्ना भएकाले भ्रमण रोकिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबारदेखि धनुषा, सर्लाही, सप्तरी र उदयपुरको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । हाललाई यो भ्रमण रद्द भएको र अर्को भ्रमणको मिति पछि तोकिने पूर्वराजाको सचिवालयले जनाएको छ ।

पूर्वराजाको सचिवालयका तर्फबाट जारी सूचनामा भनिएको छ- ‘आजबाट सुरु गर्न लागिबक्सेको निजी भ्रमणको कार्यक्रम पूर्व श्री ५ मुमा बडामहारानी सरकारको स्वास्थ्यमा केही समस्या देखा परेपछि काठमाडौं सवारी होइबक्सनु परेको हुँदा हाललाई स्थगित गरिएको छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा अर्थात् राजा महेन्द्रकी पत्नी रत्न हाल ९१ वर्ष पुगेकी छिन् । रुखाघोकी लगायतका समस्या देखिएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । हाल उनको स्वास्थ्यमा सामान्य सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय