पुनाराम सुनारी काठमाडौँ २१ फागुन । नेपाली साँगीतिक क्षेत्रको मोडलिङमा भर्खर भर्खर पाइला चालेका मोडल सुदिप घिमिरेले नेपालमै मासिक ३० लाख कमाइ हुने बताउनु भएको छ । परेवाखबर डट कम सँगको विशेष कुराकानीमा मोडल घिमिरेले उक्त कुरा बताउनु भएको हो ।
सर्जिकल व्यवसायी समेत रहनु भएका घिमिरेले आफ्नो व्यवसायबाट नेपालमै मासिक ३० देखी ४० लाख सम्म आम्दानी गर्न सफल हुनुभएको हो । उहाँको त्रिपुरेश्वरमा सर्जिकलको होससेल व्यवसाय समेत रहेको छ ।
२०५३ सालमा नुवाकोटको दाङसिङ ९ कार्तिकेमा जन्मनु भएका मोडल घिमिरे २०७१ सालमा काठमाडौँ प्रवेश पछि आफ्नो दाजुको प्रेरणाले उक्त सर्जिकल व्यवसायमा लाग्नु भएको हो,भने उहाँले दुईवटा गीति एल्बममा मोडलिङ समेत गरिसक्नु भएको छ ।
घिमिरेको पहिलो मोडलिङ लोकदोहोरी एल्बम सम्झिएर रुन्छु रहेको छ । सो वियोगान्त गीतमा उहाँको मार्मिक अभिनय हेर्न सकिन्छ भने पछिल्लो समयमा उहाँले पप एल्बम मिलनको आवासमा मोडलिङ गर्नु भएको छ जुन केही दिन भित्रमै सार्वजनिक हुँदै छ । लोक र पप सबै क्षेत्रमा गीतको भावअनुरुप मोडलिङ गर्न सक्ने उहाँलाई बहुप्रतिभामुखी मोडलकोरुपमा पनि चित्रण गर्न सकिन्छ ।
विदेशमा जस्तो दुख नेपालमै गर्न सकियो भने पैसा कमाउन कुनै दुख नभएको उहाँले बताउनु भएको छ । नेपालमा आफुले खाएको जुठा भाँडा समेत माझ्न हिचकिचाउने हामीले विदेशमा ट्वाईलेट बाथरुमदेखी अरुका जुठाभाँडा कम्मरधसेर माझनु पर्ने अवस्था रहेका कारण आफुले कहिले पनि विदेश जाने सपना नदेखेको जे गर्ने,जति दुख गर्ने नेपालमै गर्ने सोच बनाएको उहाँको विचार थियो । उहाँले गर्न लागेको काममा इच्छा शक्ति, विश्वास र निरन्तरता भए सफलता हासिल गर्न सकिने बताउनु भयो ।
भिडियो हेर्नुस
https://youtu.be/4BIBlla9CdU?t=954