फागुन १४- कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तानमा आज १२ वटा मिराज विमानमार्फत हजार किलो बम बर्साएको छ । पुलवा आक्रमण गर्ने चरमपंथी संगठन जैस ए मोहम्मको ठेगानालाई लक्षित गरी गरिएको आक्रमणमा जैस ए संगै विभिन्न चरमपन्थी क्याम्प ध्वस्त पारिएको भारतीय मिडियाले दाबी गरेको छ । यता पाकिस्तानले पनि भारतले आक्रमण गरेको पुष्टी गरेको छ । पाकिस्तानका सेना प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दे भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गरेको बताएका छन् ।

उनले ट्वीटरमार्फत जानकारी दिँदै भारतीय वायुसेनाको घुसपैठ हुँदा पाकिस्तानी वायु सेनाले पनि प्रभावशाली कारवाही गरेको बताएका छन् । उनले लेखेका छन् “भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गरेका छन् । पाकिस्तानी वायु सेनाले पनि त्यसको प्रभावशाली प्रतिकार ग¥यो जसको कारण उनीहरु भागे । उनीहरुले भाग्दै गर्दा बालाकोटमा केही बम बर्साए । जसमा कुनै मानविय क्षती भने भएन” । यता भारतले आक्रमण गरेपछि पाकिस्तानमा आपतकालिन बैठक बोलाईएको छ । जसमा अब पाकिस्तानले कस्तो कदम चाल्ने भन्ने बारेमा छलफल हुने बताईएको छ ।

पुलवा घटनापछि पाकिस्तानप्रति निकै आक्रमक बनेको भारतले यसको बदला लिएरै छाड्ने चेतावनी दिँदै आएको थियो । ४६ जना सेना मारिदा भारत र भारतीय जनता निकै आक्रोसित बनेको थियो । मोदी सरकारमाथि जनताको तर्फबाट पनि जवाफी कारवाही हुनु पर्ने दबाब थियो ।

भारतले आक्रमण गर्ने पुर्वअनुमानकै कारण पाकिस्तानका प्रधानमन्त्री इमरान खानले केही दिन अघि मात्र शान्ती स्थापनाका लागि भारतसंग एक मौका मागेका थिए तर भारतले आक्रमण ग¥यो । सरकारी अधिकारी र भारतीय सेनाबीच भएको बारम्बारको वार्ताकै कारण भारतले पाकिस्तानमा आक्रमण गर्ने लगभग पक्का नै भएको अनुमान गरिएको थियो । पाकिस्तानमा भारतले हजार किलोको बम बर्साएको दाबी गरेको छ । एजेन्सीको सहयोगमा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय