पाल्पा । पाल्पाको शहिद बहुमुखी क्याम्पस रामपुरमा २०४६ सालको आन्दोलनका पहिलो शहिद सुर्य घिमिरेको शालिक अनावरण गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन शहिद बहुमुखी क्याम्पस रामपुरले क्याम्पसमा निर्माण गरेको शालिकको राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले अनावरण गर्दै शहिदको सपना अझै पुरा हुन नसकेको बताए ।

शहिद सुर्य घिमिरेको नाममा सञ्चालित क्याम्पसले क्याम्पस हातामा शालिक निर्माण गरेर सुर्य घिमिरे प्रति सम्मान गरेको उनको भनाई छ । पार्टीका केन्द्रीय सदस्य पाण्डेले भने,’जिउदो जाग्दो शालिक बनेको छ, शहिदको बलिदानको सन्देश के थियो? त्यो सपना पुरा गरेमात्रै शहिद प्रतिको उच्च सम्मान हुनेछ । शहिदको बलिदानको सन्देश निर्दलिय व्यवस्था ढलोस्, जनताको शासन र अधिकार खुसी र हाँसो छाओस् भनेर हाम्रा लागि मरे, तथापि अझै हामी समृद्धिको बाटोमा हिडेको भएपनि खुसी हुने ठाउँ छैन।’ शहिदले चाहेको स्वतन्त्रता र अधिकारले नै देशमा समृद्धि ल्याउने भन्दै पाण्डेले अहिलेको उद्देश्य समृद्धि र विकास भएकाले अबको राजनीति, अबको नेतृत्व, अबको पुस्ता त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

सोही अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले शहिद भुमिका शहिद सुर्य घिमिरेको शालिक निर्माण देखि विविध क्षेत्रमा सहयोग गरेको बताए। रामपुर नगरपालिकाका उपप्रमुख तथा शहिद सुर्य घिमिरेकी छोरी बिष्णुदेवी घिमिरे आचार्यले भावुक हुदै आफ्ना पिताको बलिदानी र अहिलेको समाजमा शहिदको स्थानबारे बोल्दै अझै शहिदका सपना साकार गर्न राज्यबाटै पहल हुनुपर्नेमा जोड दिए। सुर्य घिमिरेका भाई तथा नेपाली कांग्रेसका महासमिति सदस्य बिजयराज घिमिरेले शहिद घिमिरेको जीवनी बारे बोल्दै सँगै रहदा दाईलाई गोली लागेर गुमाउनु पर्दाको पिडा व्यक्त गर्दै स्मरण गरे ।

सोही अबसरमा शहिद बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष देवराज ढकाल, क्याम्पस प्रमुख बासुदेव देवकोटा, कांग्रेस नेता कल्प पौडेल, रामपुर ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने, नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, नेपाली कांग्रेसका सचिब चिरिञ्जिवी सिग्देल, सञ्चालक समितिका उपाध्यक्ष नेत्र प्रसाद भट्टराई, स्ववियु कोषाध्यक्ष बिक्रम बस्नेत, विद्यार्थी शंकर सुनारले शहिद सुर्य घिमिरेप्रति क्याम्पस र विद्यार्थीले क्याम्पस प्राङ्गणमा शालिक निर्माण गरि सञ्चार देशभक्तको सम्मान गरेको बताएका थिए । source https://hamrakura.com/news-details

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय