मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्न अनुरोध गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिकोत्सवमा उनले ‘रकमको लेनदेनमात्र भ्रष्टाचार नभइ तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो’–भने ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत् हुने दाबी गरे ।

‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौं । प्रदेश नम्बर–३ मा भ्रष्टाचारीको कुनै गुन्जायस छैन’–उनले भने ।

सो अवसरमा प्रदेश नम्बर–३ का प्रमुखसचिव आनन्दराज ढकालले सबैलाई ऐन–नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गर्दै ‘हामी सबैजना नीति–नियमभित्र बाँधिएका छौं । ऐनविपरीत कार्य गरे छानबिन र कारबाही हुन सक्दछ’ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमापारि गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय