काठमाडौं, १६ माघ

शहीद दिवसको अवसर पारेर शहीदप्रति सम्मान गर्दै प्रेस काउन्सिल नेपालले पत्रकार स्तम्भमा माल्यापर्ण गरेको छ । कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, मुख्य अधिकृत झविन्द्र भुसाल,सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा लगायत सबै कर्मचारीको सहभागीता रहेको थियो । सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले देश र जनताको अधिकारका निम्ति पत्रकार पनि विभिन्न कालखण्डमा शहीद भएता पनि एकिन विवरण नभएको बताउनुभयो । उहाँले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको योगदानल विर्सन नहुने धारणा राख्नुभयो । मुख्य अधिकृत भुसालले विभिन्न कालखण्डमा भएका आन्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदहरु साथै प्रेस स्वतन्त्रताको लागि योगदान गर्नुहुनेहरुको प्रशंसा गर्नुभयो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।शहीद दिवशको अवसरमा दिने गरिएको सार्वजनिक बिदा भने केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि, प्रदेश ३ ले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय