काठमाडौं – आजदेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु भएको हो । पञ्चांगहरूमा सोमबार पौषशुक्ल पूर्णिमा बिहान ११ ३० बजेसम्म उल्लेख छ। नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ।

व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ।

श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ आठ वस्तु पति पत्नी वा छोराछोरीलाई दिइन्छ। प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ। चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैँले खान्छन्। सोमबार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ। यस्तै भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको मेला लागेको छ। श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन्। यससँगै माघस्नान पनि सुरु भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय