एजेन्सी। सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ ।

सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपनि मणिधारी छैन।

समाजमा निकै चलेको मान्यता मध्ये यो पनि एक पर्छ कि कसैले सर्प मारे मर्ने सर्पको आँखामा मार्ने मानिसको तस्बिर रहिरहन्छ, जसलाई चिनेर सर्पको साथी सो मानिसलाई पछ्याइ टोकेर साथीको मृत्युको बदला लिन्छ। सर्पको दिमाग यति पनि विकसित भएको हुदैन जति हामीले यो कथा बनाउँदा प्रयोग गर्छौ। निकै कम बौद्धिकता भएको प्राणीले यस्तो गर्नसक्छ भन्नु विज्ञानको दृष्टीबाट असम्भव देखिन्छ। जीव विज्ञानको अनुसार सर्पले मर्न समयमा एक गन्ध छोड्ने गर्छ जसलाई सुघेँर अन्य सर्प सो ठाँउमा आइपुग्छन्। यसैकारण यो अन्धविश्वास रहन गएको हो की सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय