काठमाडौं : चोभारमा बनाउन भनिएको बन्दरगाह(काठमाडौं कन्टेनर फ्रेट स्टेसन) प्रधानमन्त्री केपी ओलीले बिहीबार शिलान्यास गरेकाछन्। । विरोधका कारण यसअघि रोकिएको सुक्खा बन्दरगाह ।

गत असोज ३० गते बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो। स्थानीयवासीको विरोध भने अहिले पनि जारी नै छ। प्रधानमन्त्री आउनुअघि बिहानैदेखि यहाँ स्थानीयवासीले विरोध गरिरहेका थिए।

स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सार्दै आएका छन्।उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने समेत माग राखेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय