माघ १ गते ( आज माघ १ गते अर्थात्, माघे सक्रान्ति पर्व नेपालीहरुले हर्षोल्लासका साथ मनाउँदै छन् । र नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला पनि चल्दै छ । जाडोबाट मुक्तहुने पर्वको स्वरुप माघे सक्रान्तिमा घ्यू, खिचडी, तील, तरुल सखर खण्डका परिकार खाने प्रचलन छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ ।

मकर सङ्क्रान्ति स्नान गर्न पाल्पा गुल्मी स्याङजाको संगम रिडि, देवघाट जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी लगायत देशका विभन्न ठाउँमा रहेका नदी, तलाउ जलायशयहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ । माघे सक्रान्ति सबै हिन्दू नेपालीहरुले नेपालीले मनाउने गरिएपनि जाति विशेषमा यस्को छुट्टै महत्व छ । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउछ्न, मगर र नेवारी समूदायमा पनि यसको छुट्टै महत्व छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय