षौष २९ काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले भाषिक पत्रकारिताको अवस्था तथा आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भाषा बाँच्यो भने देश बाच्ने भन्दै भाषिक पत्रपत्रिका तथा साना मिडियाको लगानी संरक्षण एवं प्रबद्र्धनको लागि प्रेस काउन्सिलले समानुपातिक विज्ञापन नीति कार्यान्वयनको लागि सरकारसँग मुद्धा लडेको र हाम्र्रै पक्षमा फैसला भएको र अब सरकारले ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले प्रेस काउन्सिलमा वर्गिकरणका लागि आएका भाषागत पत्रिकालाई शुल्कमा छुट दिने कुरा उठेको बताउनु भयो । कावा अध्यक्ष श्रेष्ठले विभिन्न देशको भाषागत पत्रिकाको उदाहरण प्रस्तुत गर्नु हुँदै चाइनाले भाषिक पत्रकारितामा गरेको प्रगतिको विषयमा चर्चा गर्नु भएको थियो ।

त्यस्तै गरी विधागत पत्रकारिता उपसमितीका संयोजक चेतनाथ धमलाले आज भाषिक पत्रकारिता कुन अवस्थामा रहेको छ, के भईराखेको छ ? कुन कुन भाषामा पत्रकारिता भएकोछ यि यावत विषयमा सोच्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

त्यस्तै गरी काउन्सिलकी वोर्ड सदस्य सुभेक्ष्याविन्दु तुलाधरले ५० वर्षको इतिहासमा यस प्रकारको कार्यक्रम भएको भन्दै १७ वटा भाषागत पत्रिकालाई आधार बनाई गरिएको अध्ययन अनुसन्धानको आधारमा तयार भएको कार्यपत्र प्रश्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै प्रेसकाउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले धेरै गर्न नसके पनि साहित्यिक तथा भाषाभाषीका पत्रिकाहरुको सन्र्दभमा शुल्कमा सहज बनाएको, भाषागत पुरस्कार स्थापना गरी पुरस्कृत गरिएको बताउनु भयो । उहाँले वर्गिकरणको पहिलो वर्षबाट नै लोककल्याणकारी विज्ञापन दिनका लागि मन्त्रालय र विभागमा पहल गर्नका निम्ती वोर्ड बैठकले निर्णय गरी सिफारिस गरेको बताउनु भयो । मुख्य अधिकृत भुसालले विभिन्न मातृभाषामा पत्रकार आचारसंहिता आचारसंहिता तयार गर्ने गरी अघि बढेको बताउनु भयो ।

कार्यक्रममा काउन्सिलका सहप्रसासकीय अधिकृत दीपक खनाल, भाषा आयोगका लोक बहादुर लोकचन,सुरेश मानन्धर,विक्रम त्रिपाठी,आनन्द गुप्ता, पदम राई, गणेश राई,रामचन्द्र कुस्मी चौधरी,अब्दुल सलाम, डा ः धनप्रसाद सुवेदी, भुपाल राई, लगाएतले भाषागत पत्रकारिताको अवस्था गर्नु पर्ने सुधारका सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय