परेवाखबर संवाददाता पुष २९ काठमाडौँ । पाल्पाली गायक तथा मोडल मानव कालुङ्ग मगरको दोस्रो साँगीतिक कोशेली “ए कान्छी” बजारमा आएको छ । बजारमा आए सँगै एकाएक चर्चामा पनि आउन सफल भएको छ । प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीति एल्बममा चर्चित सर्जक गम बयम्बु मगरको शब्द संकल रहेको छ भने गायिका टिका पुन मगरले सुरीलो स्वर दिएकी छिन् ।

२०५१ सालमा पाल्पाको निस्दी गाउँपालिका तत्कालिन गल्धा गाविसको धनुवास भन्ने ठाउँमा गायक मानव कालुङ्ग मगरको जन्म भएको थियो । सानै देखी गीत संगित क्षेत्रमा रुची राख्ने गायक तथा मोडल कालुङ्ग जन्मिएको ३ महिनामै आफ्नी आमा गुमाउनु प¥यो । आफ्नी आमा गुमाए पछि टुहुरो बन्न पुगेका उनी हजुरआमा (बजै) को पालनपोषण तथा रेखदेखमा हुर्किए र उच्च शिक्षा अध्ययन गर्नका निम्ती काठमाडौँ छिरे ।
सानै देखीनै पढाईमा पनि अब्बल रहेका उनी काठमाडौँमा अमृत साइन्स कलेजमा भर्ना भए पढाई सँगसँगै स्वर साधना संगित विद्यालयमा संगीत कलास लिन थाले र नेपाली गीत संगितको क्षेत्रमा पाईला चलाउन थाले ।

रामपुरको फाँटैमा बोलको गीति एल्बम पहिलो पटक बजारमा ल्याएर एकाएक चर्चामा आएका गायक कालुङ्ग दोस्रो एल्बम ए कान्छीबाट पनि चर्चा कमाउने अपेक्षा गरिएको छ,भने लगतै उनको दोस्रो एल्बम बटौली बजारमा आउने तयारीमा पनि छ ।
भिडियो हेर्नुस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय