काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा आएका जापानका विदेशमन्त्री तारो कोनोले भेटवार्ता गरेका छन्।

आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो।

मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताए।

प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी सल्लाहकार भट्टराईले दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय