धनबहादुर ठाडा मित्याल पुस २४| निस्दी गाउँपालिका ४ नम्बर वार्ड कार्यालय मित्याल पाल्पाको अर्थिक वर्षा २०७५/०७६ को प्रथम चौमासिक सर्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वार्ड अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी निस्दी गाउँपालिका योजना अधिकृत विनोद नेपाल रहनुभएको थियोे । वार्ड सदस्य हेम कुमारी सुनारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यालय सहायक सहविर खनगाहाले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहभागीले शिक्षा , स्वास्थ , विधुत, यातायात , पशु तथा कृषि जस्ता विषयमा जिज्ञासा राखेका थिए । सहभागीले उठाएका प्रश्नको जवाफ प्रमुख अतिथी नेपाल , पशु शाखा संयोजक ओम मश्राङगी, मित्याल स्वास्थ चौकी प्रमुख रामजनम कुशहावा, कृषि शाखाका खिमराज कोइराला , रुक्सेभन्ज्याङ प्रहरी चौकी प्रमुख गिर बहादुर थापा , वन कार्यालयका रामप्रसाद भण्डारी लगायतले दिएका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी निस्दीका अध्यक्ष हेम बहादुर खाम्चा , नेपाली काँग्रेस मित्यालका तास बहादुर कालुङ गैर सरकारी संस्था महासंघ पाल्पाका जिल्ला सदस्य नर बहादुर सुनारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार बन्दना पोख्रेल र धनबहादुर ठाडाले गर्नुभएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय