पाल्पा । चन्द्र माध्यमिक विद्यालय बगनासकाली ९ चापपानीमा यही माघ २ गतेदेखि ८ गतेसम्म संचालन हुन लागेको श्रीमद्भागवत बिराट सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सहयोगार्थ आयोजना गरिएको महायज्ञका लागि अहिले यस क्षेत्रका वडाका घर दैलोमा पुगि निमन्त्रणा कार्ड वितरण गरिएको र महायज्ञका लागि समुदाय स्तरबाट समेत सहयोगको अपेक्षा गरिएको महायज्ञ मूल आयोजक समितिका महासचिव कृष्ण भुसालले बताए ।
बालब्यास नारायण न्यौपानेको मुखारबिन्दबाट संगीतमय कथाप्रवचन हुने उक्त महायज्ञको सफलताका लागि मूल आयोजक समितिसंगै विभिन्न उपसमितिहरु समेत गठन गरि सबै उपसमितिहरुलाई क्रियाशील बनाइएको मुल आयोजक समितिका संयोजक यमलाल तिमिल्सिनाले जानकारी गराए ।

यस चन्द्र माविमा बगनासकाली गाउँपालिका भित्रको पहिलो प्राविधिक शिक्षालय संचालन गर्ने गरि अनुमति पत्रको प्रक्रिया समेत अगाडि बढाइएको छ । महायज्ञमा संकलित रकमबाट प्राविधिक शिक्षाका लागि सहयोग पुग्ने समितिका संयोजक तिमिल्सिनाले बताए ।
महायज्ञ अन्र्तगत पुस २७ गते विद्यालयमा जगपुजा गर्ने कार्यक्रम रहेको छ । महायज्ञको सफलताका लागि विभिन्न संचारमाध्यमहरुलाई उपयोग गर्दै सूचना, समाचार सम्प्रेषण गरिएको, ब्यानर पोष्टर पम्पलेट वितरण गरिएको पुस २८ गते विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचार प्रसार उपसमितिले जनाएको छ साभार ।http://www.palpasamachar.com

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय