काठमाडौं, पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपाल कार्यालय हाता सरसफाई अभियानमा जुटेको छ । पे्रस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालको अगुवाईमा भएको कार्यक्रममा सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा, लेखा अधिकृत सविता ढकाल लगायतको सहभागीता रहेको थियो ।
पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिलले अब पत्रकारिता मात्रै सफा होइन आफ्नो वरपरका वातावरण पनि आफैं सफा गर्नुपर्छ भन्ने उद्देश्यको साथ कार्यालय हाताभित्र सरसफाई अभियान थालिएको मुख्य अधिकृत झविन्द्र भुसालले बताउनुभयो ।
सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खनालले काउन्सिलले देशभरका पत्रकार र मिडियालाई आचारसंहिताको बाटो देखाउने संस्था भएकाले सबैको आँखा यतातिर पर्ने हुँदा उक्त अभियानलाई जारी राखिएको धारणा राख्दै भन्नुभयो, “कम्तिमा पत्रकारले आफ्नो घर, समाज, कार्यालय सफा राख्न सके देश नै सफा बन्नसक्छ ।” प्रत्येक महिनाको एउटा शुक्रबार कार्यालय हाता सरसफाई गर्ने कार्यालयको नियमित कार्यक्रम अन्र्तगत सो सफाइ गरिएको हो ।
कार्यालयको स्वच्छ वातावरण बनाउन यो विशेष अभियान संचालन गरिएको उप–प्रशासकीय अधिकृत बोहराले बताउनुभयो । “केही उदारणीय कार्यको थालनीले भोलीको भविष्य तय हुन्छ भने किन नगर्ने हाम्रो यो एउटा प्रयास हो” – लेखा अधिकृत सविता ढकाल । अर्का उप–प्रशासकीय अधिकृत राम प्रसाद पोखरेल भन्नुहुन्छ – “अभियान अन्र्तगत सके हरेक दिन नभए पनि शुक्रबार अनिवार्य रुपका आ–आफ्नो कार्यालय हातासफाइ स्वच्छ हावा पाईन्छ ।”
सरसफाईकोक्रममा काउन्सिल परिसर रहेका कतिपय छिमेकिका झ्यालबाट प्लाष्टिकजन्य, सिसाजन्य, ड्राइपर तथा लत्ताकपडा समेत फेला परेकाले यस बिषयमा घरधनी, नगरपालिकामा समेत यो विषयमा छलफल गर्ने मुख्य अधिकृत भुसालले बताउनुभयो ।
सरसफाइपश्चात काउन्सिलले वृक्षारोपण तथा जापनीज हलुवावेतको बिरुवा रोप्ने तयारी गरिएको छ । सरसफाईमा सहभागिताका लागि कार्यालय प्रमुखसहित सबै कर्मचारीलाई अनिवार्य गरिएको छ । समान सहभागितामा स्वच्छ र सफा आनीबानीको विकासका लागि अभियान महत्वपूर्ण सावित हुने विश्वास लिइएको छ ।