काठमाडौँ २३ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा सोमबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन्। उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका छन्।

‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ, नेपाल बायु सेवा निगमलाई टाट पल्टनबाट जोगाउन सम्माननित सर्वोच्च अदालतको २०७३ पुष १ गतेकाे फैसला अनुसार पैंसा दिएको हो । मेरो व्यापारिक उद्देश्य होइन ।’ उनले भने, ‘मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय