कमल ज्ञवाली । पुस २१। पाल्पा । सामाजिक कार्यमा अग्रसर NBR ले “न्यानो बांडौ खुशी साटौ” अभियान अन्तर्गत Nepalese Brother Room (NBR ) पाल्पाको आयोजनामा जाडो मौसमलाई लक्षित गरी शनिबार एक कार्यक्रमकाविच पाल्पाको गार्गी मा. वि. मा रहेका आमाबाबु बिहिन तथा अति विपन्न वर्गका जम्मा ४५ जना विधार्थीहरुलाई न्यानो कपडाको साथमा जुत्ता मोजा र अन्य सामग्री वितरण गरिएकाे छ। कार्यक्रममा विधालय व्यवस्थापन समितिका सल्लाहकार, शिक्षक-शिक्षिका , स्थानीयवासी लगायत NBR का सदस्यहरुको समेत उल्लेखनीय उपस्थीती रहेको थियो । युवराज दर्लामीकाे स्वागत NBR का प्रतिनिधि विक्रम कुवरकाे अध्यक्षता साथै चुरामणी पाेखरेलकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
साथैै शनिवार नै NBR बुटवलको आयोजनामा नवलपरासि जिल्लाको वर्दघाट नगरपालिका -३ , कर्मैया स्थीत ज्ञानोदय प्रा. वि. मा अध्ययनरत ११ जना अनाथ बालबालिकाहरुको लागी पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय